२५ असार २०८३, बिहिबार

साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा


ललितपुर महानगरपालिका

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मीमार्फत घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

नगरप्रमुख चिरीबाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या आएमा  महानगरको हटलाइन फोन नम्बर ११३१ मा सम्पर्क गर्ने नगरवासीलाई अनुरोध गरेको छ । 

तोकिएको हटलाइनमा बिमारीका फोन नं. प्राप्त हुनासाथ महानगरको एम्बुलेन्स, चिकित्सक, नर्स र आवश्यक औषधिसहितको स्वास्थ्य टोली बिरामीको घरमै पुगी उपचार गर्ने छन् ।

चिकित्सकले बिरामीका अवस्थाअनुसार उपचार गर्नुहुन्छ । यद्यपि घरमा सम्भव नभएका बिरामीलाई सोही एम्बुलेन्समार्फत अन्यत्र अस्पतालमा पठाइने व्यवस्था समेत गरिएको छ । 

महानगरभित्र  करिब दुई लाख ९४ हजार नागरिक रहेका छन् । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !