२४ असार २०८३, बुधबार

सुनको मूल्य आज नौ सयले घट्यो


सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मङ्गलबारको तुलनामा सुन तोलामा रु ९०० र चाँदी रु ५५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु दुई लाख ८७ हजार १०० तथा त्यति नै परिमाणको सेतो धातु (चाँदी)को मूल्य रु चार हजार ५०० कायम भएको छ ।

हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५५५ प्रतितोला भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !