काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ । प्राविधिक समस्याका कारण बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक स्थगित गरिएको हो । प्रत्यक्षप्रशारणमा भिडियो मात्रै देखिएर अडियो नसुनिएपछि बैठक २० मिनेटका लागि स्थगन भएको हो । आजको बैठकको कार्यसूचीमा विनियोजन विधेयकको मन्त्रालयगत छलफल गर्ने कार्यसूची छ ।













