काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको सरकारी गाडीको कालो सिसा हटाइएको छ । मन्त्रालयका कर्मचारीले मन्त्री यादवको गाडीको कालो सिसा हटाएका हुन्।
यसअघि गृहमन्त्री सुधन गुरुङले सबै विशिष्ट व्यक्ति (भीआईपी) का गाडीबाट कालो सिसा हटाउन निर्देशन दिएका थिए । सोही अनुसार हिजो सोमबार गृहमन्त्री गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठ चढ्ने सरकारी गाडीको सिसामा जडान गरिएको कालो स्टिकर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले हटाएको हो ।
ट्राफिक प्रहरीले गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर आइतबारदेखि हटाइरहेको हो । उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउने अभियान नै सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।













