१४ असार २०८३, आइतबार

वनमन्त्री गीता चौधरी थाइल्याण्ड प्रस्थान


गीता चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छन् ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार पाँचदिने सम्मेलनका क्रममा भोलि आयोजना हुने ‘पेरिस सम्झौता र दिगो विकासका लागि २०३० कार्यसूचीबीचको समन्वय सुदृढीकरणसम्बन्धी सातौँ विश्वसम्मेलनको उच्चस्तरीय सत्र’ मा उनी सहभागी हुनेछिन् ।

सम्मेलनमा जलवायु परिवर्तनका असर घटाउने, पेरिस सम्झौता कार्यान्वयन तथा दिगो विकास लक्ष्यसँगको सहकार्यलाई मजबुत बनाउने विषयमा छलफल हुने छ । उनी ‘वातावरण तथा विकास समितिको नवौँ मन्त्रीस्तरीय अधिवेशन’मा सहभागी हुनेछिन् ।

मन्त्री चौधरीले जलवायु परिवर्तनका असर, हिमाली मुलुकका चुनौती, वातावरण संरक्षणका लागि गरिएका प्रयास, दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा नेपालले गरेका प्रगतिबारे विश्व समुदायलाई जानकारी दिने छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !