काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । रास्वपा सभापति लामिछानेले अब बन्ने नयाँ कार्यसमितिको केन्द्रिय सभापतिका लागि उम्मेदवारी दिएका हुन् ।
चितवनमा जारी महाधिवेशनअन्तर्गत बन्दसत्र सकिएलगत्तै रविले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) रहेका छन् ।
रास्वपा महाधिवेशनमा सभापति र केन्द्रीय सदस्यको सुरुमा चुनाव हुने प्रावधान छ भने सोको परिणाम आएपश्चात पदाधिकारीहरूको चुनाव हुन्छ ।













