काठमाडौं । गृहमन्त्री सुधन गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको हो । पार्टीको महाधिवेशनको सिलसिलामा चितवन रहेका गृहमन्त्री गुरुङको अम्लेटमा काँडा भेटिएपछि होटलका २ कामदारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आज बिहान एयरपोर्ट अगाडिको लर्ड होटलमा ब्रेकफास्टमा अम्लेट खानेक्रममा दुईवटा माछाको काँडा भेटिएपछि २ जना कुकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अम्लेटमा माछाको काँडा भेटिएपछि प्रमुख जिल्ला अधिकारीसहित खाद्य, प्रहरी लगायतको टोलीले लर्ड होटलको किचनको अनुगमन समेत गरेको छ । गृहमन्त्री गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका लागि चितवनमा छन् ।













