३० असार २०८३, मंगलबार

पार्टीको महाधिवेशनमा सहभागी हुन चितवन पुगे प्रधानमन्त्री बालेन


वालेन्द्र शाह

चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह आजदेखि आयोजना हुने पार्टीको प्रथम अधिवेशनमा सहभागी हुन केहीबेरअघि चितवन पुगेका छन् । उनी परिवारसहित विमानस्थलबाट छोरी बोकेर बाहिरिएका थिए ।

आज अपराह्न प्रारम्भ हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका महामन्त्री भूपदेव शाहले राससलाई जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !