काठमाडौँ । हास्य कलाकार र अभिनेता खेम शर्माको निधन भएको छ । अभिनेता सरोज खनालले सामाजिक संजाल फेसबुकमार्फत उनको आज निधन भएको जानकारी दिएका हुन् ।
अमेरिकी समयअनुसार बेलुका ८ बजे बाल्टिमोरस्थित फ्यांकलिन स्क्वायर अस्पतालमा उनको निधन भएको हो । उनी अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएका थिए । उनले ‘चतुरे’ ले धेरै वर्षसम्म नेपालीलाई हँसाए र मनोरञ्जन दिए ।
पछिल्लो समय अमेरिका रहँदै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । उनी टेलिफिल्म चतुरेको दाउपेच´ बाट चर्चामा छाएको थिए । थुप्रै टेलिफिल्म र फिल्महरूमा उनले काम गरेका छन् । उनलेचतुरेको दाउपेच´ नामक फिल्म समेत निर्माण गरेका थिए ।












