२ असार २०८३, मंगलबार

सेफ सन्तोष साह भए रिहा


सन्तोष साह

काठमाडौं । सेफ सन्तोष साह रिहा भएका छन् । ठगी मुद्दामा पक्राउ परेका सेफ साह सोमबार रिहा भएका हुन् ।

व्यवसायी शकुन्तला अधिकारी थापाले दिएको उजुरीका आधारमा साह जेठ ३० गते पक्राउ परेका थिए । थापाले दिएको चेक अनादरसम्बन्धी उजुरीमा साह पक्राउ परेका थिए ।

पीडित पक्षलाई चेकबमोजिमको रकम दिएपछि साह रिहा भएका हुन् । साहलाई हाजिरी जमानीमा रिहा गरिएको छ ।

साहमाथि गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत शुक्रबार जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । उक्त रेष्टुरेन्ट एक करोड ३० लाख खरिद गरेको तर केही बाँकी रकम नदिएको उनीमाथि आरोप थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !