५ असार २०८३, शुक्रबार

सेफ सन्तोष साह पक्राउ


सन्तोष साह

काठमाडौं । सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले साहलाई गएराति जनकपुरबाट बैंकिङ कसुरमा पक्राउ गरेको हो ।

साहमाथि गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको हो । उक्त रेष्टुरेन्ट एक करोड ३० लाख खरिद गरेको तर केही बाँकी रकम नदिएको उनीमाथि आरोप छ ।

उनीसँगै सोही कसुरमा नारायण साह पनि पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौंले अनुमति दिएपछि पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !