काठमाडौं । श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति अरुले सच्याउने कुरा मान्य नहुने अडान लिएका छन् ।
आज बुधबारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री शाहले आफैँले सच्याउनुपर्ने तर परराष्ट्रमन्त्री शिशिर खनाल बोल्ने कुरामा आफूहरूको सहमति नरहेको बताए ।
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले जवाफ दिने गरी संसद्को अवरोध खोल्न अन्य विपक्षी दलहरू तयार भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष राईले आफूहरूको असहमति रहेको बताएका हुन् ।
प्रधानमन्त्री नआए हस्ताक्षर गरी पठाएको लिखित परराष्ट्रमन्त्रीले पढ्दा हुने बताए । उनले संविधानमुताविक चल्नुपर्ने धारणा राखे ।












