२७ जेष्ठ २०८३, बुधबार

प्रधानमन्त्रीको अभिव्यक्ति र भारत भ्रमणबारे परराष्ट्रमन्त्रीले प्रतिनिधिसभामा दिए जबाफ


शिशिर खनाल

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति र भारत भ्रमणबारे परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएका छन् । प्रधानमन्त्रीले संसदमा बोलेको विषयमा परराष्ट्रमन्त्रीको धारणा सुन्न विपक्षी दलहरु तयार भएपछि खनालले जवाफ दिएका हुन् ।

प्रधानमन्त्री शाहले केही दिन अघिको बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको टिप्पणी गरेका थिए । उक्त टिप्पणीको विरोधमा विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका थिए ।

यद्यपि श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्रीले नै जबाफ दिनुपर्ने अडान लिएर संसदमा नाराबाजी समेत गरेको छ । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले सदनमा जवाफ दिने प्रस्ताव गरेका थिए ।

सुरूवातमा दलहरुले प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट मात्र परराष्ट्रमन्त्रीले प्रस्तुत गर्नुपर्ने बताएका थिए । तर रास्वपाको आग्रहपछि प्रधानमन्त्रीले बोलेको विषयमा परराष्ट्रमन्त्रीको स्पष्टीकरण सुन्न विपक्षी दलहरु तयार भएका थिए । हाल संसदमा परराष्ट्रमन्त्री खनालले जवाफ दिइरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु