२६ जेष्ठ २०८३, मंगलबार

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै


महाबिर पुन

काठमाडौं । म्याग्दीका स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने लगभग पक्का भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी छ ।

पुनको माग बमोजिम सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि बजेट समेत विनियोजन गरेको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो क्षेत्रमा पूँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन गरिएको बताएका थिए ।

उक्त मन्त्रालयका लागि पुनले बजेटको अनुपात सहितको माग राख्दै आएका थिए । उनी म्याग्दीबाट निर्वाचित भएका थिए । सुशीला कार्की नेतृत्वको सरकारमा उनी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !