२६ जेष्ठ २०८३, मंगलबार

गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, आजै शपथको तयारी


सुधन गुरुङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।

आज मंगलबार दिउँसो ३ बजे उनको शपथ कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ । गुरुङको सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते उनले राजीनामा दिएका छन् ।

वर्तमान सरकारमै यसअघि गृहमन्त्री रहेका गुरुङको सम्पत्तिमाथि प्रश्न उठाइएपछि उनले पदबाट राजीनामा दिएका थिए । उनको सम्पत्ति छानबिन गर्न सरकारद्वारा गठित समितिले प्रधानमन्त्री बालेनलाई प्रतिवेदन बुझाइसकेको छ ।

समितिले उनको सम्पत्तिमा कैफियत नदेखिएको भन्दै प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री शाहले पुन: गृहमन्त्रीमा फिर्ता गर्न लागेका हुन् । आजको मन्त्रिपरिषद बैठकले सुधनमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !