२५ जेष्ठ २०८३, सोमबार

रविले दलका नेतालाई गराए भारत भ्रमण र सरकारको कामबारे जानकारी


रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा दुई एजेण्डामा छलफल भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको हलमा भएको बैठकमा रास्वपा सभापति लामिछानेले आफ्नो भारत भ्रमण र सरकारको काम कारबाहीबारे जानकारी गराएका हुन् ।

बैठकबाट बाहिरिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले लामिछानेले भारत भ्रमणबारे जानकारी गराउने र सरकारको अहिलेसम्मका कामकारबाहीबारे टिप्पणी र सुझाव लिनका लागि बोलाइएको बताएको जानकारी दिए ।

लिङदेनले आफूले वैदेशिक सम्बन्धका सन्दर्भमा अपरिपक्व व्यवहार नदेखाउन बैठकमा आग्रह गरेको बताए । लिङ्देनले परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणको क्रममा ‘पुरानो भारी नबोक्ने’ भन्ने अभिव्यक्तिमा पनि आफूले प्रश्न उठाएको बताए। लिङदेनले प्रतिपक्षी दलहरू कमजोर छन् भन्दैमा संविधानको व्यवस्थालाई अनदेखा नगर्न सुझाएको पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !