२५ जेष्ठ २०८३, सोमबार

रास्वपालाई अपरिपक्व व्यवहार नदेखाउन राप्रपाको सुझाव


राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको नेतृत्व दल रास्वपालाई परिपक्व व्यवहार देखाउन सुझाव दिएको छ । आज सिंहदरवारमा बसेको सर्वदलीय बैठकबाट बाहिरिएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरुसँग कुरा गर्दै आफूले बैठकमा सत्तापक्ष रास्वपालाई यस्तो सुझाव दिएका हुन् ।

आज सोमबार बिहान रास्वपाका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा उनले सरकारलाई सुझाव दिइएको जानकारी गराएका हुन् । उनले लामिछानेले सत्तापक्षको भारत भ्रमणका विषयमा जानकारी गराएको बताए ।

प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक सर्वदलीय बैठक बोलाइएको उनले उल्लेख गरे । सरकारले वैदेशिक मामिलामा अपरिपक्व व्यवहार देखाउन नहुनेमा उनले जोड दिए । सरकारका गलत क्रियाकलापका भारी देशले व्यहोर्नुपर्ने बैठकमा उनको भनाइ थियो ।

प्रधानमन्त्री बालेन शाहले संसदमा सीमा सम्बन्धमा दिएको मन्तव्य र रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणका बेला ‘हामीले विगतको भारी बोक्दैनौं भनेर’ दिएको अभिव्यक्ति अपरिपक्व भएको राप्रपाको ठहर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !