काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणासहित १८३ जनाले पार्टी परित्याग गरेका छन् । राप्रपा छोडेका राणाले आज नयाँ पार्टी गठन गर्ने घोषणा गरेका हुन् ।
आज बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरेर राणाले नयाँ पार्टी गठन गर्न लागेको घोषणा गरेका हुन् । यसै साता उनले विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका थिए।
उपत्यकामा उपलब्ध पार्टीका केही पदाधिकारी, नेता, केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी, सदस्य एवं कार्यकर्ताहरूले पार्टी परित्यागको घोषणा गरेका हुन् । राणासँग राप्रपाका केही नेता कार्यकर्ताहरूले पनि पार्टी छाडेर नयाँ अभियानमा लागेको बताएका छन्।













