काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन् । भारतका परराष्ट्रमन्त्री एस जयशंकरको औपचारिक निम्तोमा मन्त्री खनालले यही जुन ६–७ भारतको भ्रमण गर्ने भएका हुन्।
रास्वपा लामिछाने भारत भ्रममणमै रहेका बेला परराष्ट्रमन्त्री खनालको भारत भ्रमण तय भएको हो । उनको भारत भ्रमणको क्रममा नेपाल–भारतबीच सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल हुने बताइएको छ ।
लामिछानेको भारत भ्रमण टोलीमा रहेका रास्वपा सचिवालय सदस्य दीपक बोहराले बीबीसी नेपालीसँग बताएअनुसार परराष्ट्रमन्त्री खनालको भारत भ्रमणमा द्विपक्षीय हितका सबै विषयमा ‘चेकलिस्ट’ बनाएर काम गरिनेछ।
यसअघि परराष्ट्रमन्त्री खनालले मौरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनका क्रममा भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गरेका थिए ।













