काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित गरिएको छ । विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित गरिएको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।
बैठक भोलि दिउँसो सवा १२ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउँदै विपक्षी दलहरूले अवरोध गरेका हुन् ।
बैठक सुरु हुनासाथ उनीहरू उठेर अवरोध गरेपछि अध्यक्ष दाहालले बोल्न समय दिए । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै फिर्ता लिन माग गरे ।













