काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री बालेनले आज मध्याह्न १२ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
मन्त्रिपरिषद् बैठक बस्ने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । बैठकमा देशको समसामयिक अवस्था र मन्त्रालयगत विभिन्न एजेण्डाबारे छलफल हुने छ ।













