काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य सुधारोन्मुख देखिएको छ । चार दिनदेखि अस्वस्थ रहँदै आएका प्रचण्डलाई हिजो शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए ।
रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण चिकित्सकहरूको सल्लाहमा उनलाई अस्पताल भर्ना गरिएको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका थिए । चिकित्सकहरूले अहिले भेटघाट नगर्न सल्लाह दिएका दिएका थिए ।













