काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनी सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदित प्रधानन्यायाधीश डा. शर्माले पद तथा गोपनीयताको शपथ लिएका थिए । शर्मालाई समितिमा सुनुवाइ गरेर अनुमोदन, सपथ र पदभार ग्रहण एकैदिन भएको छ ।













