५ जेष्ठ २०८३, मंगलबार

प्रधानन्यायाधीश शर्माको शपथ र पदभार ग्रहण आजै


मनोजकुमार शर्मा

काठमाडौँ । प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्माको शपथ आज साँझ ६:१० मा हुने भएको छ। संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका शर्मालाई आजै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो।

एकैदिनमा सुनुवाइ सकेर शर्माको शपथ तय गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्षसाँझ ६:१० मा शपथ लिएपछि शर्माले आजै प्रधानन्यायाधीशमा पदभार ग्रहण पनि गर्ने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !