३० बैशाख २०८३, बुधबार

यी हुन् आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु


मन्त्रिपरिषद्को बैठक

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गरेको छ । आज बसेको बैठकले नियमावली स्वीकृत गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बताए । बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

भूमिसम्बन्धी २१ औँ संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय भएको बताए । सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्यहरू सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !