३० बैशाख २०८३, बुधबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ


ज्योति प्रकाश पाण्डे

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को टोलीले पाण्डेलाई पक्राउ गरेको हो ।

स्मार्ट सेल घोटाला प्रकरणमा मुछिएका उनलाई सीआईबीको टोलीले बुधबार पक्राउ गरेको हो । पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका-६ बसपार्कबाट हिजो वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरेको सीआई प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए ।

गैरकानुनीरूपमा सरकारको स्वामित्वको सम्पत्ति अर्को कम्पनीलाई बेच्ने कार्यमा पाण्डेको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको सीआईबीको भनाइ छ ।
यही प्रकरणमा यसअघि पलिना श्रेष्ठ र नरेन्द्र उलक पक्राउ परेका थिए । पक्राउ गरेर उनलाई काठमाडौं ल्याइएको छ ।

उनीमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न भएको आरोप छ । काठमाडौंको रक्तकाली ठेगाना भई ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाघातको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता एवम् एसएसपी श्रेष्ठले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !