काठमाडौं । सरकारले १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
यस्तै बैठकले आगामी वैशाख २८ गते अपराह्न ४ बजे बस्ने संघीय संसद बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको उनले बताए ।













