२४ बैशाख २०८३, बिहिबार

सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन


सांसदहरूको बायोमेट्रिक राज्य व्यवस्था सुशासन समितिका सभापति हरि ढकाल बिहीबार विद्युतीय हाजिर प्रयोजनका लागि वायो म्याट्रिक विवरण दिनुहुँदै । तस्बिरः नारायण न्यौपाने/रासस

काठमाडौँ । सङ्घीय संसद्का सदस्यहरुले प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकको विद्युतीय हाजिरी प्रयोजनका लागि धमाधम बायोमेट्रिक (जैविक) विवरण दिन थालेका छन् ।

दुवै सभाका बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखमा राख्न जैविक विवरण प्रदान गर्नसंसद् सचिवालले सांसदहरुलाई अनुरोध गरेको थियो ।

सचिवालयले आजदेखि यही वैशाख २८ गतेसम्म सांसदहरुलाई सिंहदरबारस्थित विभिन्न समितिको कार्यालयमा उपस्थित भई जैविक विवरण प्रदान गर्न आग्रह गरेको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विगतमा नयाँ बनेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा प्रबन्ध गरिएको हाजिरी जेनजी आन्दोलनमा नष्ट भएकाले पुनः विवरण दिन सांसदहरुलाई अनुरोध गरिएको बताए ।

उहाँले पहिलो चरणमा सभाका बैठकहरुका लागि विद्युतीय हाजिरीबाट अभिलेख गरिने र क्रमशः समितिका बैठकहरुको विद्युतीय हाजिरी व्यवस्थापन गरिने जानकारी दिए । यही वैशाख २८ गते अपराह्न २ः०० बजेदेखि दुवै सदनका बैठक हुँदैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !