२० बैशाख २०८३, आइतबार

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता


रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन् । शीतल निवास स्रोतका अनुसार राष्ट्रपति पौडेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि आज फिर्ता गरेका हुन्।

सरकारको सिफारिसमा संवैधानिक परिषदससम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस भएको थियो। संविधानको संरक्षण र निरन्तरताका लागि संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गरिएको स्रोतले बताएको छ । संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित ६ जना रहन्छन्।

सरकारले प्रधानमन्त्रीसहित ३ जनाले निर्णय अन्तिम हुने गरी अध्यादेश पठाएको थियो । यस्तो व्यवस्था संविधान र संवैधानिक परिषदसम्बन्धी मूल कानुनको विपरीत रहेको भन्दै राष्ट्रपतिले पटक-पटक फिर्ता गर्ने गरेका छन् ।

राष्ट्रपतिले संविधानविद्हरूलाई शीतल निवास बोलाएर संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे कुराकानी पनि गरेका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित प्रतिपक्षी दलहरूले पनि संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्दै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !