१७ बैशाख २०८३, बिहिबार

रोल्पा जिप दुर्घटना (अपडेट) : मृतकको संख्या २० जना पुग्यो


रोल्पाको जलजलामा जिप दुर्घटना

काठमाडौं । रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० जना पुगेको छ । रोल्पाको थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

प्रहरीले अहिलेसम्म २० जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जनाएको छ । लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !