१७ बैशाख २०८३, बिहिबार

त्रिविका उपकुलपतिसहित तीन पदाधिकारीले दिए राजीनामा


प्रा डा दिपक अर्याल, प्रा डा खड्ग केसी र प्राडा केदारप्रसाद रिजाल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पदाधिकारीहरूले कर्मचारीमार्फत राजीनामा प्रधानमन्त्री कार्यालयमा पठाएका छन् । त्रिविका तीन पदाधिकारीहरु उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रारले राजीनामा पठाएका हुन्।

कुलपति एवं प्रधानमन्त्रीको निजी सचिव प्रदिप परियारको ह्वाट्सएपमा पनि पठाइएको छ । राजनीतिक नियुक्ति लिएका त्रिविका उपकुलपति प्रा डा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा पठाएका हुन् ।

नयाँ सरकारालाई काम गर्न सहजताको लागि मार्गप्रशस्त गरिएको तर्क उनीहरूले गरेका छन् । सरकारले राजनीतिक नियुक्ति लिएकालाई पदमुक्त गर्नेगरी राष्ट्रपति रामचन्द्र पौडेललाई अध्यादेश सिफारिस गरेपछि राजीनामा दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !