१६ बैशाख २०८३, बुधबार

कांग्रेस प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई


बासना थापा र निश्कल राई

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनित गरिएको छ । काँग्रेसको संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रमुख सचेतकमा थापा र सचेतकमा राईलाई आज मनोनित गरेका हुन् ।

बासना दैलेख क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद हुन् भने निश्कल इलाम–१ बाट निर्वाचित हुन्। संसदीय दलको प्रमुख सचेतक र सचेतकमा कांग्रेसले युवा नेतृत्व चयन गरेको हो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !