३१ श्रावण २०८३, आइतबार

रास्वपा पार्टी कार्यालयमा चारबुँदे ज्ञापनपत्र बुझाएर फर्कियो सुकुम्बासी टोली


रास्वपा पार्टी कार्यालयमा चारबुँदे ज्ञापनपत्र बुझाएर फर्कियो सुकुम्बासी टोली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किएका छन्। रास्वपा केन्द्रीय कार्यालय चःमतिमा उनीहरूले ज्ञापनपत्र बुझाएर फर्किएका हुन् ।

घेराउ गर्न पुगेका सुकुम्बासी प्रतिनिधिहरूले पार्टीलाई विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझाएपछि उनीहरू शान्तिपूर्ण रूपमा फर्किएका छन्।

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले रास्वपा सभापति रवि लामिछानेसमक्ष चारबुँदे माग अघि सारेको छ । मोर्चाले जबर्जस्ती उठिवासको सूचना तत्काल फिर्ता लिन माग गरेको छ । राष्ट्रिय भूमि समस्या समाधान आयोगको कार्य प्रक्रिया तत्काल सुरु गरी लगत, प्रमाणीकरण र व्यवस्थापनको कार्य अगाडि बढाउन पनि मोर्चाले माग गरेको छ ।

सरकारको १०० बुँदे कार्यसूचीको ९१ बुँदा अनुसार, प्रक्रियालाई अवलम्बन गरी अगाडि बढ्न, भूमि र आवास अधिकार नागरिकको संवैधानिक अधिकार भएकाले त्यसको सुनिश्चित गर्न पनि मोर्चाले माग गरेको छ । सरकारको नेतृत्व गरिरहेको पार्टीले हालको परिवेशमा असंवैधानिक र अमानवीय कार्य नगर्न पनि ध्यानाकर्षण गराएको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास समुदायभित्रका नागरिकहरू बसोबास गरेको स्थानका विकल्पबिना कठोर निर्णय लिइएको भन्दै मोर्चाले आपत्ति जनाएको छ ।

विगतमा पनि सरकारले विकल्पबिना जबरर्जस्ती उठीवास गरिएको असवैधानिक अभ्यासलाई पुनः दोहोर्‍याउने प्रयास संविधान र विद्यमान ऐनको मर्म र भावनाविपरीत रहने पनि मोर्चाले उल्लेख गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !