८ बैशाख २०८३, मंगलबार

गतिशील सहकारीका अध्यक्ष बलराम पाठक ललितपुरबाट पक्राउ


पक्राउ

काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् । ललितपुरको गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पाठक पक्राउ परेका हुन् ।

उक्त सहकारीका अध्यक्ष पाठकलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार अहिलेसम्म गतिशील सहकारीको चार करोड रुपैयाँ भन्दा बढी रकमको ठगेको आरोप छ ।

यो सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप छ । यस सहकारीको बचत रकम अपचलन कसुरमा अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !