८ बैशाख २०८३, मंगलबार

रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ


रास्वपा सभापति लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौ । गृहमन्त्री सुधन गुरुङ बूढानीलकण्ठ पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न आज मंगलबार दिउँसो गृहमन्त्री गुरुङ बूढानीलकण्ठस्थित सभापति लामिछानेको निवास गएका हुन् ।

सम्पत्ति शुद्धीकरणको कसुर भोगिरहेका व्यवसायी दीपक भट्ट समूहको लगानी भएको लघुबिमा कम्पनीमा गृहमन्त्री गुरुङको समेत संस्थापक सेयर रहेको खुलेपछि गृहमन्त्री अहिले विवादमा मुछिएका छन् । यही विषयका कारण उनीमाथि पदबाट राजीनामाको दबाब समेत परेको छ ।

यसबारे छलफलका निम्ति उनी बूढानीलकण्ठ पुगेका गृह मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार गृहमन्त्री गुरुङ हिजो सोमबार राति पनि सभापति लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !