काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र उनीहरूका स्वकीयले पार्टीलाई बुझाउनुपर्ने लेबी तोकेको छ । आज बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीसहित मन्त्री, सांसद र उनीहरूका स्वकीयको लेबी तोक्ने प्रस्ताव पारित गरेको मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री र मन्त्रीहरूले मासिक १८ हजार, सांसदहरूले मासिक १६ हजार ५ सय र उनीहरूका स्वकीयले २ हजार लेबी पार्टीमा बुझाउनुपर्ने छ ।












