६ बैशाख २०८३, आइतबार

ट्राफिक नियम उल्लंघन गरेपछि कारबाहीमा परे सभामुख डिपी अर्याल


सभामुख डिपी अर्यालले सम्हाले कार्यभार

काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेपछि सभामुख डोलप्रसाद (डीपी)अर्याल कारबाहीमा परेका छन् । उनी सवार गाडी थापाथली चोकमा ट्राफिक नियम उल्लंघन गरी सिंहदरबार पुगेपछि कारबाहीमा परेका हुन् ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरी स्रोतका अनुसार, अर्यालसवार गाडीसहित उनको सुरक्षामा खटिएका तीन अगुवा–पछुवा गाडीसमेत कारबाहीमा परेका हुन् । ट्राफिक प्रहरी स्रोतले चिट काटेको पुष्टि गरेको छ । लेन क्रस गर्ने क्रममा उक्त गाडीलाई चिट काटिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !