३० चैत्र २०८२, सोमबार

अब अधिवेशनतिर लागौँ, अदालततिर होइन : महामन्त्री पौडेल


प्रदीप पौडेल

चितवन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा कांग्रेसले सदनमा आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले कांग्रेस प्रमुख प्रतिपक्षी दलका हिसाबले उपस्थित भएकाले सरकारले गर्न लागेका राम्रा कामप्रति समर्थन र सहयोग रहने बताए ।

‘जनता, लोकतन्त्र, जनजीविका, सुशासनको पक्षमा सरकारले गरेका कामहरुप्रति कांग्रेसको कुनै पनि असहयोग रहँदैन,’ उनले भने ।

फरक प्रसङ्गमा बोल्दै पौडेलले कांग्रेसले संसदीय दलको नेता आन्तरिक रूपमा सर्वसम्मत गर्न खोजिएको भए पनि यो प्रयास असफल भएको बताए । सर्वसम्मत या निर्वाचन प्रक्रियाबाट टुङ्याउने गरी वैशाख ४ गते संसदीय दलको नेता चयन हुने उनको भनाइ छ ।

पार्टीभित्र एकता कायम गर्दै अघि बढ्न अहिलेको नेतृत्वको चाहना रहेको उनले बताए । ‘अहिलेको समस्याको समाधान १५औँ महाधिवेशन हो,’ उनले भने, ‘अब अधिवेशन तिर लागौँ अदालत तिर होइन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !