२७ चैत्र २०८२, शुक्रबार

रास्वपा संसदीय दलको बैठक आज दिउँसो बस्दै


रास्वपा संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने भएको हो ।

बैठकको कार्यसूचीमा उपसभामुखको निर्वाचन र विविध विषय तय गरिएको छ । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनअघि दलको बैठक बस्न लागेको हो ।

आजै अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट उपसभामुख चयन गरिनेछ । उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार छन् ।

श्रम संस्कृतिकी २५ वर्षीया ठाकुरले हिजो विहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन् । प्रतिनिधिसभामा रास्वपा झण्डै दुई तिहाइ बहुमतमा रहेको रास्वपाको समर्थन पाएपछि ठाकुर उपसभामुख निर्वाचित हुने पक्का भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !