२१ चैत्र २०८२, शनिबार

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु


मृत्यु

बिर्तामोड, झापा । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु भएको छ । दमक नगरपालिका–४ की पाँच वर्षीया मानस्वी आचार्यको मृत्यु भएको हो ।

आफन्तकहाँ गएकी आचार्य बिर्तामोड नगरपालिका–५ स्थित मञ्जु उप्रेतीको घरको तीन तलामाथि झ्यालबाट खस्दा गम्भिर घाइते भएकी थिइन् । उनको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिए । 

ताप्लेजुङको फुङलिङ नगरपालिका–३ का हेमसागर भट्टराईको कोठामा पाहुनाका रूपमा आएकी आचार्य खेल्ने क्रममा झ्यालबाट खसेकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !