२० चैत्र २०८२, शुक्रबार

सभामुखमा रास्वपाका उपसभापति डीपी अर्याल निर्विरोध


सभामुखमा रास्वपाका उपसभापति डीपी अर्याल निर्विरोध

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपाध्यक्ष एवं सांसद डीपी अर्याल निर्विरोध भएका छन् । प्रतिनिधिसभाको सभामुख पदका लागि रास्वपाका उपसभापति अर्यालको मात्रै उम्मेदवारी परेको हो ।

आज शुक्रबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पुगेर उनले सभामुख पदका लागि मनोनयनपत्र बुझाएका थिए । उम्मेदवारी मनोनयनका लागि ११ देखि २ बजेसम्मको समय तोकिएकोमा अर्यालको मात्रै एकल उम्मेदवारी परेको हो ।

अर्यालका प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने छन् । समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल छन् । अब आगामी आइतबार बस्ने प्रतिनिधिसभाको बैठकले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !