१९ चैत्र २०८२, बिहिबार

पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो


पारस शाह

काठमाडौँ । पूर्वयुवराज पारस शाहको मुटुमा राखिएको ‘इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी)’ को ब्याट्री फेरिएको छ । आज बिहीबार थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा शाहको आईसीडीको ब्याट्री फेरिएको उपचारमा संलग्न डा. यादव भट्टले जानकारी दिए।

आज बिहान साढे ९ बजे आईसीडीको ब्याट्री फेरिएको हो । चिकित्सकका अनुसार मुटुको मांसपेशी कमजोर भएका र हृदयघात भएका बिरामीको मुटुमा आईसीडी राख्ने गरिन्छ । यसले मुटुको चाललाई सहज बनाउन सघाउँछ ।

पूर्वयुवराज शाह बिहीबार बिहान ८ बजे अस्पताल भर्ना भएका थिए । उनी नर्भिकमा भर्ना भएरै उपचाररत रहेको डा. भट्टले बताए । उनका अनुसार पारसलाई केही दिन अस्पतालमै राखिने छ । शाहलाई यसअघि पटक-पटक हर्टअट्याक भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !