काठमाडौँ । नेकपा एमालेको संसदीय दल नेतामा सुहाङ नेम्वाङले दाबी गरेका छन् । आज च्यासलमा बसेको संसदीय दलको बैठकमा नेम्वाङले दल नेतामा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
साथै उनले पार्टीलाई अहिलेको अवस्थाबाट माथि उठाउन पनि युवालाई अघि बढाउनुपर्ने बताएका थिए । उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।
प्रतिनिधि सभामा एमालेका २५ जना सांसद छन् । संसदीय दल नेतामा समानुपातिकतर्फबाट सांसद भएका रामबहादुर थापा ‘बादल’ पनि आकांक्षी छन् । उनकै संयोजनमा आज संसदीय दल बैठक बसेको हो ।













