काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अर्को तारिख आगामी वैशाख १४ गतेका निम्ति तोकिएको छ । काठमाडौं जिल्ला अदालतले आज आइतबारपछि लामिछानेलाई वैशाख १४ गतेको तारिख थमाएको सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए ।
लामिछाने आज तारेख बुझ्न अदालत पुगेका थिए । सहकारी ठगी प्रकरणको मुद्दामा उनले अदालत पुगेर तारेख बुझेका हुन् । उनीविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ ।













