१५ चैत्र २०८२, आइतबार

कांग्रेस नेता एवं पूर्व उर्जामन्त्री दीपक खड्का पक्राउ


दीपक खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

गत भदौ २४ गते उनको निवासमा आगजनी गर्दा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो भने उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको प्रहरी स्रोत बताएको छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !