१२ चैत्र २०८२, बिहिबार

रविको प्रस्तावमा बालेन रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन


रविको प्रस्तावमा बालेन रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेतामा बालेन शाहलाई सर्वसम्मत चयन गरेको छ । पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको रास्वपाले जनाएको छ ।

रास्वपा केन्द्रीय समितिको बैठक अहिले घण्टीघरमा जारी रहेको छ । यसअघि केन्द्रीय समितिको बैठकमा बालेनलाई दलको नेता बनाउने प्रस्ताव पनि सर्वसम्मत पारित भएको थियो ।

रास्वपाका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार सभापति लामिछानेको प्रस्तावमा शाहलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको हो । शाहलाई दलको नेता चयन गर्दै बैठक सकिएको रास्वपाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !