१२ चैत्र २०८२, बिहिबार

बालेनले सांसदको सपथमा लगाएको ‘सिलाम साक्मा’ भनेको के हो ?


बालेनले सांसदको सपथमा लगाएको 'सिलाम साक्मा' भनेको के हो ?

‘सिलाम साक्मा’ लिम्बू समुदायको परम्परागत सांस्कृतिक प्रतीक हो । यो किराती मूलको लिम्बू (याक्थुङ) समुदायको एक अत्यन्तै महत्त्वपूर्ण पारम्परिक प्रतीक, सुरक्षाकवच र सांस्कृतिक पहिचान हो । लिम्बू भाषामा सि को अर्थ मृत्यु, लामको अर्थ बाटो र साक्माको अर्थ छेक्नु हो, अर्थात् सिलाम साक्माको अर्थ “मृत्युको बाटो रोक्ने” वा “अकाल मृत्युबाट जोगाउने” हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं भोलि चैत १३ गते प्रधानमन्त्री बन्न लागेका बालेन शाहले सांसदको सपथ लिन सिंहदरवार जाँदा ‘सिलाम साक्मा’ कोटको देब्रेतिर छातीमा लगाएपछि यसको चर्चा देशभर चुलिने नै छ । किराती संस्कृतिमा यसलाई शुभको संकेत मानिन्छ । मृत्यु र अपशकुनको बाटो छेक्ने पवित्र संकेत मानिन्छ ।

यसलाई अकाल मृत्युबाट जोगाउन, नकारात्मक शक्तिलाई हटाएर सकारात्मक ऊर्जा प्राप्त गर्न लगाइन्छ । यसले नराम्रो घटना, दुर्घटना र अनिष्टबाट सुरक्षा प्रदान गर्ने विश्वास गरिन्छ । सिलाम साक्मालाई केवल गहना मात्र नभई ‘किरातीहरूको सुरक्षा कवच’ मानिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !