काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका २ सदस्यले राजीनामा दिएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दनारायाण तिमिल्सिनाले राजीनामा दिएका हुन् ।
नयाँ सरकार गठनको गृहकार्य भइरहेका बेला दुई सल्लाहकारहरुले राजीनामा दिनुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । तिमिल्सिनाले चैत २ गते राजीनामा दिएको बताइएको छ ।
प्रधानमन्त्री कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत र गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेर प्रधानमन्त्री कार्की पनि विवादबाट मुक्त भने रहन नसकेपछि खटपट पनि उत्पन्न भएको हुनसक्ने आंकलन गरिएको छ ।













