५ चैत्र २०८२, बिहिबार

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली


ज्ञानबहादुर शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) लाई चयन गरेको छ । राप्रपा प्रमुख सचेतकको जिम्मेवारी भने खुस्बु ओलीले पाएकी छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बिहीबार बसेको संसदीय दलको बैठकले संसदीय दलको नेता र प्रमुख सचेतक चयन गरेको हो । बैठक पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा बसेको हो ।

शाही जुम्लाबाट निर्वाचित भएका हुन् । उनी राप्रपाबाट प्रत्यक्षतर्फ निर्वाचित भएका एक मात्र सांसद हुन् । ओली समानुपातिक प्रणालीबाट चुनिएकी हुन् ।
राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट प्राप्त गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !