२३ फाल्गुन २०८२, शनिबार

ताप्लेजुङमा एमालेका उम्मेदवार क्षितिज थेबे विजयी


ताप्लेजुङमा एमालेका उम्मेदवार क्षितिज थेबे विजयी

काठमाडौं । ताप्लेजुङमा नेकपा (एमाले) का उम्मेदवार क्षितिज थेबे विजयी भएका छन् । उनले १३९६२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११७११ प्राप्त गरेर दोस्रो स्थानमा रहे ।

नेपाल कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्रीले ६७७५ मत ल्याएर तेस्रो स्थानमा रहे भने श्रम सँस्कृति पार्टीका सन्तोष राईले ५२०९ मत ल्याएर चौथो स्थानमा रहे साथै राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ४१५५ मत ल्याएर पाँचौं स्थानमा रहे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !